फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाल, यी १० कम्पनीले सर्वाधिक कमाए
१५ श्रावण २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३८.४० अंकले घटेर २९१५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज विकास बैंक र फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् । बिहीबार ट्रड टावर, नेपाल फाइनान्स, कर्पोरेट विकास बैंक र ग्रीन डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको ९.८६ प्रतिशत, सिन्धु विकास बैंकको ६.७४ प्रतिशत, सान्भी इनर्जीको ५.३९ प्रतिशत, महुली लघुवित्तको २.८१ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














