श्वेत–गंगा हाइड्रोपावरको शेयरको लकइन अवधि समाप्त
१८ श्रावण २०८२, आईतवार ०८:१५

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिएको छ।
कम्पनीको संस्थापकको ७३ लाख कित्ता, कर्मचारीको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावितको १५ लाख ९३ हजार कित्ता शेयरको लकइन अवधि हिजो साउन १७ गते सकिएको हो।
लकइन अवधि सकिएसँगै यी शेयरहरू आजदेखि नियमित कारोबार गर्न सकिने भएको छ तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा रहेका कर्मचारीको भने शेयर रोक्का रहने कम्पनीले जनाएको छ।
कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको दिनदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त शेयर लकइनमा थियो।













