हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
१९ श्रावण २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन रिको मात्रै ५५ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यसैगरी दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको, हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको, ङादी ग्रुप पावरको ३१ करोड ८६ लाख रुपैयाँको र नेपाल रिको ३१ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
यता कालिका पावरको ३० करोड १६ लाख रुपैयाँको, ट्रेड टावरको ३० करोड ९ लाख रुपैयाँको, लुम्बिनी विकास बैंकको २८ करोड ५३ लाख रुपैयाँको, बुटवल पावरको २७ करोड १४ लाख रुपैयाँको साहस ऊर्जाको १९ करोड ५६ लाख रुपैयाँको धितोपत्र खरीदबिक्री भएको छ।













