नेप्सेको वेबसाइटमा समस्या: सूचना नदिई बन्द हुँदा लगानीकर्तामा हैरानी

१९ श्रावण २०८२, सोमबार १६:०२

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा सोमबार अचानक समस्या देखिएको छ। शेयर कारोबार बन्द भएको केही समयपछि वेबसाइट अवरुद्ध हुँदा लगानीकर्ताहरू अन्योलमा परेका छन्।

वेबसाइटमा करिब एक घण्टासम्म पनि सुधार नआएपछि सेवाग्राहीहरू सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्न थालेका छन्। वेबसाइट खोल्दा “We’ll Be Back Soon – Our site is currently undergoing scheduled maintenance. Please check back in a few minutes.” भन्ने सन्देश देखिन्छ। तर, नेप्सेले वेबसाइट मर्मतमा रहेको जनाए पनि यसबारे कुनै पूर्व सूचना जारी गरिएको थिएन।

लगानीकर्ता र विश्लेषकहरूले बिना पूर्व सूचना वेबसाइट बन्द गर्नु गम्भीर लापरबाही भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले नियमित कारोबार, तथ्यांक अवलोकन, सूचकाङ्क विश्लेषण र कम्पनी विवरण अध्ययनका लागि वेबसाइट आवश्यक पर्ने हुँदा यस्तो अबस्थाले पारदर्शिता र सूचना पहुँचमा असर पुर्‍याएको बताएका छन्।

दैनिक अर्बौँ रुपैयाँ बराबरको शेयर कारोबार हुने नेप्से बजारको वेबसाइटको सेवा अवरुद्ध हुँदा सम्पूर्ण प्रणालीमै प्रभाव पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*