हिमालयन रि र ट्रेड टावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२० श्रावण २०८२, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि हिमालयन रि इन्स्योरेन्स र ट्रेड टावरको आज सबैभन्दा बढी कारोबार भएको छ । मंगलबार हिमालयन रि इन्स्योरेन्सको ३९ करोड २८ लाख रुपैयाँ र ट्रेड टावरको ३७ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँ, बुटवल पावरको ३० करोड ५८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २४ करोड ६५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।














