समाज र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सवैभन्दा बढी कमाए, अरु कुनले कति ?
२० श्रावण २०८२, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा भारी गिरावट आउदा पनि दुई लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । योसँगै मंगलबार कुल ४८ वटा कम्पनीको शेयरमूल्य मात्र बृद्धि भएको छ । समाज लघुवित्तका लगानीर्ताले आज प्रतिकित्ता २४९ रुपैयाँ र उन्नति सहकार्यका लगानीकर्ताहरुले २२६ रुपैयाँ कमाएका छन् ।
त्यस्तै, विन नेपाल लघुवित्तको ४.६४ प्रतिशत, सिर्जनशील लघुवित्तको ४.२२ प्रतिशत, महुली लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।













