स्वाभिमान लघुवित्तको नाफा र ईपीएसमा उछालः खराब कर्जा घट्यो, लाभांश क्षमता ६ करोडमाथि

२१ श्रावण २०८२, बुधबार ०७:२८

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा नाफा र ईपीएसमा उछाल आएको छ।

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ८१९ प्रतिशतले बढेर ७ करोड २३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ११ करोड रुपैयाँबाट ८६.४३ प्रतिशतले बढेर २० करोड ५० लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ११ करोड २७ लाख रुपैयाँबाट ११९ प्रतिशतले बढेर २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले जम्मा ९० लाख रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएकोमा गत वर्ष ११०४.२० प्रतिशतले ह्वात्तै बढेर १० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

योसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष ५.३९ रुपैयाँ रहेकोमा गत वर्ष ह्वात्तै बढेर ४७.१५ रुपैयाँ पुगेको छ। यता खराब कर्जा (एनपीएल) अघिल्लो वर्ष ७.३५ प्रतिशत रहेकोमा गत वर्ष घटेर ४.२० प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १५ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७ करोड ३५ लाख रुपैयाँ छ भने लाभांश क्षमता (वितरणयोग्य नाफा) ६ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८७.२७ रुपैयाँ कायम भएको छ।

गत आवसम्म कम्पनीले १ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरी ८८ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*