स्वस्तिक लघुवित्तको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।
अब बाँकी आईपीओमध्ये ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र १ हजार १५५ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी बचेको १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको हो।
यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन यही साउन ३० गतेदेखि भदौ ३ गतेसम्म दिन सकिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।












