कुमारी बैंकको नाफामा उछालः अधिकांश सूचकमा उल्लेख्य प्रगति, कुन कति मजबूत ?

२२ श्रावण २०८२, बिहीबार ०७:३४

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

जसअनुसार बैंकको खुद नाफा अघिल्लो आवको अन्त्यसम्म ४६ लाख रुपैयाँ मात्रै रहेकोमा गत आवको अन्त्यसम्म ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ नाघेको छ।

बैंकले इम्पेयरमेन्ट चार्ज परिवर्तन गर्दा अघिल्लो आवको खुद नाफा ४६ लाख रुपैयाँमात्रै देखिएकाले यस्तो भएको हो। यद्यपि बैंकले गत आवमा प्रकाशित गरेको वित्तीय विवरणमा भने खुद नाफा ४६ लाख रुपैयाँ मात्रै नभई २ अर्ब ३० करोड रुपैयाँ थियो।

त्यसैगरी बैंको खुद ब्याज आम्दानी १० अर्ब ८० करोड रुपैयाँबाट ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १३ अर्ब ६३ करोड रुपैयाँबाट करीब ११ प्रतिशतले बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी बैंकको सञ्चालन नाफा अघिल्लो वर्ष ९७ करोड ३९ लाख रुपैयाँ रहेकोमा गत वर्ष ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। योसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ०.०२ रुपैयाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब रुपैयाँ र रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) अघिल्लो वर्ष ५ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष घटेर २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक कायम भएको छ।

बैंकको खराब कर्जा (एनपीएल) ५.९६ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ। बैंकले १ अर्ब ३८ करोड रुपैयाँ सापटी लिएर २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरी ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*