पुँजी बजार सुधारः फाइनान्स कम्पनीका लगानीकर्ता भए मालामाल, अबको यात्रा गिरावट कि बुल ?

२२ श्रावण २०८२, बिहीबार १५:०५

काठमाडौँ । लामो समयदेखि सुस्त देखिएको पुँजी बजारमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । निरन्तर खुम्चिएको बजार आज सुधार सुधार देखिएको हो ।

बजार बढेपनि पछिल्लो समय कारोबार रकम भने अझै घट्दो क्रममा नै रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हरियो बत्ती बल्दा पनि समग्र बजारमा उत्साहजनक सुधार देखिएको छैन । बजारमा नयाँ रेकर्ड कायम गर्नका लागि कम्तीमा ३० अर्ब बराबरको कारोबार आवश्यक देखिन्छ तर पछिल्लो समय दैनिक कारोबार रकम ८ अर्बभन्दा तल झरेको छ जसले लगानीकर्ताको सक्रियता अझै कम देखाएको छ ।

पछिल्लो समय सीमित व्यक्तिहरूको चलखेलले बजारमा कृत्रिम उतार–चढाव ल्याइरहेको छ । कतिपय व्यक्तिहरू सामान्य करेक्सनलाई ठूलो अवसरका रूपमा प्रचार गर्दै नयाँ र अनुभवहीन लगानीकर्तालाई भ्रममा पारिरहेका छन् । त्यस्तै, हालै सार्वजनिक भएको मौद्रिक नीतिलाई लिएर समेत बजारमा विभिन्न हल्लाहरू फैलाइएको छ । सुधारमुखी नीति भए पनि तत्काल बजारलाई प्रभाव पार्ने खालको नीतिगत समर्थन कमजोर देखिँदा बजारमा स्थायित्व आउन सकेको छैन ।

यसबाहेक, लगानीकर्ताहरूमा दीर्घकालीन सोचको अभाव स्पष्ट देखिएको छ । पहिलेको तुलनामा बजारमा सूचीबद्ध कम्पनीहरूको संख्या र आकार बढे पनि बोनस वितरण गर्ने क्षमता घटेको छ । धेरै लगानीकर्ताहरू छिटो लाभ लिने मानसिकतासहित बजारमा प्रवेश गरिरहेका छन्, तर बजारमा उपस्थित सीमित ठूला लगानीकर्ताहरूको स्वार्थअनुसार बजार चढ्ने–झर्ने क्रम चलिरहेको छ । यस्ता गतिविधिबाट आम लगानीकर्ता घाटामा परेको अवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अकंले बढेर २८५१.६३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ५२ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४७ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन फाइनान्स कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको देखिएको छ । आज फाइनान्सको शेयर मूल्य १.३९ प्रतिशतले बढेको हो । साथै, वाणिज्य बैंक समूहको ०.५४ प्रतिशत, विकास बैंकको ०.६२ प्रतिशत,होटल तथा पर्यटन समूहको ०.४७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*