‘नबिल फ्लेक्सी क्याप फण्ड’द्वारा लाभांश घोषणा

२३ श्रावण २०८२, शुक्रबार १०:३३

काठमाडौँ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘नबिल फ्लेक्सी फण्ड’ ले आर्थिक वर्ष २०८१।८२ का लागि ९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त योजनाको लाभांश करसहित नगद रूपमा वितरण गरिनेछ। यस योजनाअन्तर्गत लाभांश वितरण प्रयोजनका लागि साउन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। त्यसैले साउन २२ गतेसम्म कायम रहेका इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

योजना व्यवस्थापकका अनुसार यो खुलामुखी योजना भएकाले इच्छुक इकाईधनीहरूले वितरण हुने लाभांश रकम पुनः लगानी गर्न सक्नेछन्। त्यसका लागि साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सकिने व्यवस्था मिलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*