कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति?

२५ श्रावण २०८२, आईतवार ०७:२९

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा ४३.३८ प्रतिशतले बढेको छ।

बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म बढेर ४ अर्ब १५ करोड रुपैयाँ नाघेको हो।

त्यसैगरी अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब १३ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४१.२९ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १० अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा झरेको छ। यता कुल सञ्चालन आम्दानी पनि १२ अर्ब २२ करोड रुपैयाँबाट सामान्य घटेर ११ अर्ब ९९ करोड रुपैयाँमा झरेको छ।

अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १८.५६ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २७.६३ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) २ अर्ब १३ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३४.७३ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

बैंकले २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*