सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, १ः१ को अनुपातमा हकप्रद शेयर ल्याउने
२६ श्रावण २०८२, सोमबार १०:५७

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।
साथै बैठकले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ। यि दुवै निर्णय कम्पनीले वार्षिक साधारणसभामा पारितका लागि पेश गर्नेछ। साधारणसभाको मिति भने तय भइसकेको छैन।
1754888528035











