प्रतिकित्ता ३८७.०३ रुपैयाँमै फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४५१ कित्ता संस्थापक शेयर लिलाम बढाबढ (अक्सन) मार्फत बिक्रीमा राखेको छ।
कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३८७.०३ रुपैयाँ तोकेर अक्सनमा राखेको हो। यसमा संस्थापक शेयरधनी, सर्वसाधारण, संगठित संस्था सबैले बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने गरी वा सबै कित्ता माग गर्न सकिनेछ। यसर्थ कम्तीमा ३ लाख ८७ हजार ३० रुपैयाँ लाग्नेछ।
इच्छुक खरीदकर्ताले आउँदो भदौ १६ गतेभित्र काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा बोलपत्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ।
उक्त शेयरको शेयरधनी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हो र यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।













