एनआईसी एशिया बैंकको डिबेञ्चर–२०९१ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

२८ श्रावण २०८२, बुधबार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर –२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गतेको निर्णयानुसार सूचीकरण गरिएको जनाइएको छ । उक्त ऋणपत्रको दोस्रो बजारमा भोलि साउन २९ गतेबाट कारोबार शुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*