वर्षदिनमा एसबिआई बैंकको मुनाफा १ अर्ब ८० करोडः लाभांश क्षमता ११.२९ प्रतिशत, अन्य सूचक कस्ता ?

२९ श्रावण २०८२, बिहीबार ०८:४८

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २०८०।०८२ मा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत बढेर ५ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ५ अर्ब ७ करोड ३५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ५.९० प्रतिशत बढेर ६ अर्ब ७८ करोड ८३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ६ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा ३.६१ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख ९२ हजार रुपैयाँ रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ७.५४ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २३ करोड ३ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.२९ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड १६ लाख ४१ हजार रुपैयाँ थियो ।

बैंकको खराब कर्जा बढेको छ । यसअवधिमा बैंकको खराब कर्जा १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ, जगेडामा ८ अर्ब ४२ करोड ५६ लाख ६१ हजार रुपैयाँ, निक्षेप २३.७२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख ४३ हजार रुपैयाँ र कर्जा लगानी ७.१३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८.३५ रुपैयाँबाट बढेर १६.५४ रुपैयाँमा झरेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १८८.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.६० गुणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*