हाइड्रोपावरमा महँगो शेयर बोकेको कुथेली बुखरीको वित्तीय अवस्था नाजुक, अधिकांश सूचक धरापको बाटोमा

काठमाडौँ । हाइड्रोपावर समूहभित्र दोस्रो बजारमा सबैभन्दा महँगो शेयर रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको मुनाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचक ओरालो लागेका हुन् ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.२८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.०३ प्रतिशतले घटेर २ करोड ८५ लाख रुपैयाँमा सिमित भएका छ सञ्चालन नाफा ३.९९ प्रतिशतले घटेर २ करोड २२ लाख रुपैयाँमा पु्गेको छ ।
कम्पनीको ह्रासकट्टी खर्च भने ३२४.८२ प्रतिशतले बढेर १ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।
यसअवधिमा कम्पनीको प्रतिशत आम्दानी ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ । भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ।












