वित्तीय रुपमा अब्बल देखियो ग्रामीण विकास लघुवित्त, अधिकांश सूचक सकारात्मक यात्रामा

२९ श्रावण २०८२, बिहीबार १०:२३

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.४५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २८ करोड ४७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ७२ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षमा ४६ करोड २३ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा गत आर्थिक वर्षमा भने घटेर ४४ करोड ९८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ९१ करोड रुपैयाँबाट बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

खराब कर्जामा समेत सुधार देखिएको छ । कम्पनीको खराब कर्जा ७.२५ प्रतिशतबाट घटेर ४.७० प्रतिशत पुगेको छ ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी ३२.०१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २९३.३५ रुपैयाँ र मुल्य आम्दानी अनुपात २६.५५ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*