१५ वाणिज्य बैंकको वित्तीय रिपोर्टः कुन सूचकमा को अब्बल ? (तथ्याङ्गसहित)

२९ श्रावण २०८२, बिहीबार १२:५२

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकको नाफा तथा अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ ।

लामो समयदेखि खराब कर्जाको दबाबमा रहेका बैंकहरु पछिल्ला वर्षमा क्रमशः सुधारतर्फ उन्मुख भएका छन् जसको प्रभाव नाफामा मात्र नभई सम्पूर्ण वित्तीय विवरणमा सकारात्मक देखिन थालेको छ ।

नेपाल राष्ट्र बैंकले हालका वर्षहरूमा बैंक तथा वित्तीय संस्थामाथि लचिलो नीति अपनाउँदै मौद्रिक नीतिमार्फत नाफा वृद्धि हुने प्रावधान ल्याएको छ । यसले बैंकलाई सहज कारोबार वातावरण प्रदान गरेको छ जसका कारण लाभांश वितरण क्षमता बलियो बन्दै पूँजी बजारमा समेत सकारात्मक प्रभाव परेको छ ।

नाफा नबिल र ग्लोबल नम्बर वान, अन्यको अवस्था कस्तो ?

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमा नबिल नाफामा नम्बर वानमा रहेको छ । गत आर्थिक वर्षमा नबिलले आफ्नो नाफा १५.०१ प्रतिशतले बढाएर ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, क्रमशः प्रभु बैंकको ९६५ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख, एभरेष्ट बैंकको ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख, लक्ष्मी सनराइज बैंकको ४५ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख, कृषि विकास बैंकको ४८.८८ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड ८५ लाख, राष्टिय वाणिज्य बैंकको ४९ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख र सानिमा बैंकको २ अर्ब ५७ लाख रुपैयाँ रहेको छ ।

यता, कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड, माछापुच्छ्रे बैंकको ९२ प्रतिशतले बढेर २ अर्ब १ करोड, नेपाल एसबिआई बैंकको ९ प्रतिशतले घटेर १ अर्ब ८० करोड, हिमालयन बैंकको २२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड र सिटिजन्स बैंकको २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

सर्वाधिक ब्याज आम्दानी ग्लोबल अघि

हालसम्म सार्वजनिक वित्तीय विवरण अनुसार नाफामा अग्र स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख,र तेस्रो स्थानमा रहेको कुमारी बैंकको ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड र हिमालयन बैंकको १० प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी क्रमशः राष्टिय वाणिज्य बैंकको ११० अर्ब ८ करोड, कृषि विकास बैंकको ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड, एभरेष्ट बैंकको १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड, सिद्धार्थ बैंकको ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड, एनएमबि बैंकको ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड, प्रभुको ३९ प्रतिशतले घटेर ७ अर्ब १९ करोड, सिटिजन बैंकको ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।


यता, सानिमा बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड, माछापुच्छ्रे बैंकको १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड र एसबिआई बैंकको ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी एभरेष्ट र कृषिअघि, पुच्छरमा हिमालयन

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका १० बैंक मध्य एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी सर्वाधिक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा रहेको छ।

यस्तै, कृषि विकास बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने नबिल बैंकको २२ रुपैयाँ ९० पैसाबाट बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ ।

समीक्षा अवधिमा नबिल बैंकको २६ रुपैयाँ ३४ पैसा, सिद्धार्थ बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर २४ रुपैयाँ १० पैसा, प्रभुको २३ रुपैयाँ १२ पैसा, सानिमा बैंकको १ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ९३ पैसा, एनएमबि बैंकको ५ रुपैयाँ ६५ पैसाले बढेर १७ रुपैयाँ ८७ पसा, माछापुच्छ्रे बैंकको ८ रुपैयाँ ३२ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।

यता, सिटिजन बैंकको भने १८ पैसाले घटेर ८ रुपैयाँ ७६ पैसा प्रतिशेयर आम्दानी रहेको छ भने कुमारी बैंकको ८ रुपैयाँ ०५ पैसाले बढेर ८ रुपैयाँ ०७ पैसा र हिमालयन बैंकको १ रुपैयाँ २६ पैसाले बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ।

खराब कर्जा न्यून एभरेष्टको उच्च हिमालयनको

एभरेष्ट बैंकको खराब कर्जा निकै कम रहेको छ । अधिकांश बैंकहरु खराब कर्जाको चपेटामा हुँदा एभरेष्ट बैंकको भने ०.३८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खराब कर्जा बैंकले अझै ०.३३ प्रतिशतले घटाएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको खराब कर्जा ०.४५ प्रतिशतले बढेर २.६२ प्रतिशत, सानिमा बैंकको १.२९ प्रतिशतले बढेर ३.०१ प्रतिशत, कृषि विकास बैंकको ०.६५ प्रतिशतले घटेर ३.२६ प्रतिशत, एसबिआई बैंकको ३.३५ प्रतिशत, एनएमबि बैंकको ०.३२ प्रतिशतले बढेर ३.७२ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.०३ प्रतिशतले घटेर ३.८३ प्रतिशत रहेको छ ।

यता, लक्ष्मी सनराइजको खराब कर्जा ४.२५ प्रतिशत, नबिल बैकको ४.२७ प्रतिशत पुगेको छ । सिटिजन बैंकको ४.९४ प्रतिशत खराब कर्जा रहेको छ भने कुमारी बैंकको ६.४२ प्रतिशत रहेको छ।

नाफामा कमजोर रहेको हिमालयन बैंकको खराब कर्जा सर्वाधिक उच्च रहेको छ । बैंकको खराब कर्जा २.३० प्रतिशतले बढेर ७.२८ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*