स्वावलम्बन लघुवित्तको अधिकांश सूचकमा चमकः नाफा ४४ करोड २६ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ४४ करोड २६ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.०४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३५ करोड ९७ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको खुद ब्याज आम्दानी समेत २०.७७ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ७३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ५४ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा गत आर्थिक वर्षमा भने २३.८३ प्रतिशतले बढेर ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा २९ करोड १५ लाख ३१ हजार रुपैयाँ रहेको छ । जस आधारमा कम्पनीको लाभांश क्षमता १७.५९ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ८१ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
साथै, कम्पनीको प्रतिशेयर आम्दानी २७.८७ रुपैयाँ र नेटवर्थ २२७.०५ रुपैयाँ रहेको छ । खराब कर्जा ९.४९ प्रतिशत रहेको छ ।












