खराब कर्जा घटेसँगै सामुदायिक लघुवित्तको मुनाफा घनात्मक, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनी विस्तारै लयमा फर्कि रहेको देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा ४ करोड १७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा गत आर्थिक वर्षमा ३९ लाख ८८ हजार रुपैयाँ घनात्मक रहेको छ ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४७.९२ प्रतिशतले बढेर १० करोड ९२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीले सञ्चालन मुनाफा मार्जन ३९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको सञ्चालन मुनाफा ३ करोड ८३ लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जामा समेत सुधार देखिएको छ । ७.९० प्रतिशत रहेको कम्पनीको खराब कर्जा हाल घटेर ४.८९ प्रतिशतमा आइपुगेको हो ।
यता, कम्पनीको चुक्तापूँजी १७ करोड ८ लाख र जगेडा कोष ८ करोड ३४ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
साथै, कम्पनीको प्रतिशेयर आम्दानी २.३३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६.८२ रुपैयाँ रहेको छ ।












