साइबर सुरक्षा जनचेतना बढाउन बैंकर्स संघ र भिसाको सहकार्य

२९ श्रावण २०८२, बिहीबार १७:५०

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग साइबर सुरक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र क्षमता विकासका उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्ना प्रयासलाई निरन्तरता दिएका हुन् । संयुक्त पहल अन्तर्गत सबै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ भने प्रादेशिक गतिविधिसँगै सरोकारवाला निकायहरूसँग केन्द्रित अन्तरक्रिया सत्रहरू पनि आयोजना गरिनेछन् ।

कार्यक्रमहरूमा विभिन्न निकाय तथा नियामक संस्थाका अधिकारीसहित सरोकारवाला सहभागी हुने व्यापक आयोजना गरिनेछ । साथै भिसा र विभिन्न बैंकका अधिकारीबीच विशेष अन्तरक्रियात्मक सत्र समेत सञ्चालन हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*