मातृभूमि लघुवित्त ५ करोड ७९ लाख घाटामा, वितरणयोग्य नाफा ११ करोड ऋणात्मक

१ भाद्र २०८२, आईतवार ११:१४

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। अघिल्लो आवमा २ करोड ७९ लाख रुपैयाँ घाटा बेहोरेको कम्पनीको गत वर्ष घाटा झनै बढेको हो।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने २६ करोड ७ लाख रुपैयाँबाट बढेर ४० करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल आम्दानी पनि ३० करोड ९२ लाख रुपैयाँबाट बढेर ५३ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

तर कम्पनीको सञ्चालन नाफा भने अघिल्लो वर्ष ३ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष यो बढेर ७ करोड १५ लाख रुपैयाँ ऋणात्मक भएको छ। यससँगै कम्पनीको कुल वितरणयोग्य नाफा अघिल्लो वर्ष ५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष झनै बढेर ११ करोड ६ लाख रुपैयाँ ऋणात्मक भएको छ।

यता कम्पनीको खराब कर्जा ९.८५ प्रतिशतबाट केही सुधारका साथ ८.७६ प्रतिशतमा झरेको भए तापनि प्रतिशेयर आम्दानी ४.४५ रुपैयाँ ऋणात्मकबाट बढेर ९.२२ रुपैयाँ ऋणात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८३.१६ रुपैयाँ छ।

चुक्ता पूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६३ करोड ३२ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ५७ करोड ४६ लाख रुपैयाँ थियो। कम्पनीले ६ अर्ब २६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*