एक दर्जनको खराब कर्जा बढ्योः हिमालयनको सबैभन्दा उच्च, अन्य कुनको कति ?

काठमाडौँ । एक दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुले खराब कर्जा बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार १३ वटाको खराब कर्जा बढेको देखिएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सर्वाधिक खराब कर्जा हुने बैंकमा हिमालयन रहेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेकोमा बढेर ७.२९ प्रतिशत पुगेको हो । यसअवधिमा मात्रै बैंकको खराब कर्जा २.३१ प्रतिशतले बढेको हो ।
यसअवधिमा सर्वाधिक कम खराब कर्जा रहनेमा एरभेष्ट बैंक रहेको छ । लगानीकर्तालाई सर्वाधिक लाभांश दिन सक्ने क्षमता रहेको एभरेष्ट बैंकको खराब कर्जा ०.३८ प्रतिशत मात्रै रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७१ प्रतिशतले बढी हो ।

यता, स्टान्र्डड चार्टड बैंकको खराब कर्जा १.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.६२ प्रतिशत, सानिमा बैंकको ३.०१ प्रतिशत, कृषि विकास बैंकको ३.२६ प्रतिशत, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत र राष्टिय वाणिज्य बैंकको ३.५९ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा माछापुच्छ्रे बैंकको ३.८३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.२५ प्रतिशत, नबिल बैंकको ४.२७ प्रतिशत, नेपाल बैंकको ४.४७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.८७ प्रतिशत, सिटिजन्स बैंकको ४.९४ प्रतिशत र प्रभु बैंकको ४.९६ प्रतिशत रहेको छ ।
त्यस्तै, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआईसी, कुमारीमा पनि खराब कर्जाको दर उच्च छ । प्राइम बैंकको ५.५६ प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ५.८५ प्रतिशत, एनआईसी एशियाको ६.२८ प्रतिशत, कुमारीको ६.४२ प्रतिशत खराब कर्जा रहेको छ ।
सम्बन्धीत समाचार:
वाणिज्य बैंकहरुको लाभांशः ११ वटाले दोहोरो अकंमा प्रतिफल दिन सक्ने, कुनको क्षमता कति ?
वर्षदिनमा २० वाणिज्य बैंकले कमाए ७१ अर्ब, एनआईसी एशियाको सबैभन्दा थोरै












