माइक्रोफाइनान्सको वित्तीय विवरणः खुद नाफा ७२ प्रतिशतले बढेर साढे ८ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासमा लघुवित्त संस्थाहरुले कुल आठ अर्ब ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका कुल ५० वटा लघुवित्त संस्थाहरुले कुल उक्त रकम बराबरको मुनाफा आर्जन गरेका हुन् ।
लघुवित्त संस्थाहरुको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्त संस्थाहरुले चार अर्ब ८७ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । पछिल्लो समय लघुवित्त संस्थाहरुले खराब कर्जालाई न्युनिकरण गर्दै मुनाफा बृद्धि गर्न सफल भएका हुन् ।
समीक्षा अवधिमा ३२ वटा लघुुवित्त संस्थाहरुको खुद नाफा बृद्धि भएको छ भने पाँच वटाको खुद नाफा घट्न पुगेको छ । यस अवधिमा १३ वटा संस्थाको खुद नाफा ऋणात्मक रहेको विवरणले देखाएको छ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै गएका छन् ।
समीक्षा अवधिमा छिमेक लघुवित्त मुनाफा मात्र अर्ब क्लवमा रहेको छ । संस्थाले गत वर्षमा एक अर्ब २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन सबैभन्दा बढी रहेको छ । अघिल्लो आवमा तुलनामा संस्थाको मुनाफा २८.४३ प्रतिशतले बृद्धि भएको छ । साथै, साना किसान लघुवित्त दोस्रो स्थानमा रहेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले घटेतापनि यस अवधिमा ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तले ८३ करोड ६० लाख रुपैयाँ, जीवन विकास लघुवित्तले ७४ करोड तीन लाख रुपैयाँ, नेशनल लघुवित्तले ४७ करोड ४० लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तले ४४ करोड २६ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तले ३१ करोड ४४ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले २५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
समीक्षा अवधिमा ग्लोबल आइएमई लघुवित्तले २३ करोड ५८ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ, आशा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आरम्भ चौतारी लघुवित्तको मुनाफा १३ हजार प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
प्रकाशित वित्तीय विवरणका अनुसार अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । साथै कम्पनीहरुको खुद ब्याज आम्दानी पनि बृद्धि हुदै गएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयमः कम्पनीहरुको सक्रियतामा खराव कर्जा घट्दै गएको हो ।
कुनको खुद नाफा कति, हेरौ:













