सर्वाेत्तम सिमेन्टले कमायो १ अर्ब नाफा, अन्य सूचक कस्ता?

२ भाद्र २०८२, सोमबार ०७:०६

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले आज प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष (आव) मा १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवमा १४ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ५७२.५२ प्रतिशत बढी नाफा कमाएको हो।

अघिल्लो वर्ष कम्पनीले सिमेन्ट बेचेर ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेकोमा गत वर्ष ४९.८७ प्रतिशतको वृद्धि सहित ९ अर्ब ५५ करोड रुपैयाँ कमाएको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी कम्पनीको अन्य आम्दानी पनि ५ करोड ९ लाख रुपैयाँबाट २१८ प्रतिशतले बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेसँगै कुल नाफा पनि ७ करोड ५५ लाख रुपैयाँबाट १७३ प्रतिशतले बढेर २ अर्ब ६ करोड २३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ कुल खर्च गरेकोमा गत वर्ष ५४.३८ प्रतिशतको वृद्धि सहित ९४ करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ।

चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँबाट ७ प्रतिशतले बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ पुगेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्ष ३.२१ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २०.१९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९८.८२ रुपैयाँबाट बढेर २०२ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*