धौलागिरी लघुवित्त नाफामा, ईपीएस पनि धनात्मक

२ भाद्र २०८२, सोमबार ११:०३

काठमाडौं । अघिल्लो आवमा घाटा बेहोरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा भने नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

अघिल्लो आवको असार मसान्तसम्म १ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीले गत आवको असार मसान्तसम्म त्यसलाई घटाएर १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

त्यस्तै अघिल्लो वर्ष ७ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष दोब्बरले वृद्धि गर्दै १४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यता अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ११ करोड ६४ लाख रुपैयाँ रहेकोमा गत वर्ष भने घटेर २ करोड ९० लाख रुपैयाँमा झरेको छ। यद्यपि कम्पनी अघिल्लो वर्ष १ करोड ४६ लाख रुपैयाँ सञ्चालन घाटामा रहेकोमा गत वर्ष त्यसलाई घटाएर १ करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।

योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १०.८५ रुपैयाँ ऋणात्मकबाट घटेर ११.४३ रुपैयाँ धनात्मक भएको छ भने प्रतिशेयर नेटवर्थ १००.६४ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ९ करोड १७ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल वितरणयोग्य नाफा अघिल्लो वर्ष १ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ८ लाख ५५ हजार रुपैयाँ धनात्मक भएको छ।

यस कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिएर २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको खराब कर्जा ८.१० प्रतिशतबाट घटेर ७.३७ प्रतिशतमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*