लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन, बैंकहरुको लेखापरिक्षण प्रतिवेदनको ढाँचा नै परिमार्जन गनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको लङ फर्म अडिट रिपोट निर्देशिका संसोधन गरेको छ ।
राष्ट्र बैंकले हाल संचालनमा रहेका बैंकहरुका लागि परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिटको स्टक्चर परिमार्जन गरेको हो ।
संसोधित निर्देशिका अनुसार बैंकहरुले लेखापरीक्षण्को प्रतिवेदन ढाँचा नै परिमार्जन गनुपर्ने हुन्छ ।
बैंकहरुले तयार पार्दै आएको रिर्पोट भन्दा फरक फम्यार्ट अर्थात राष्ट्र बैंकको निर्देशिका अनुसार आगामी आर्थिक बर्षदेखि लेखापरीक्षण्को प्रतिवेदन तयार पार्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
निर्देशिका अनुसार बैंकहरुले अबदेखि राष्ट्र बैंकलाई आईटी र साइबर सेक्युरिटी जोखिमबारे पनि राय दिनुपर्नेछ ।
यता आन्तरिक नियन्त्रण प्रणालीतर्फ कम्प्लायन्स फंक्सन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ ।
भुक्तानी प्रणाली, पुँजी पर्याप्तता र पुँजीबारे अनुपालना पालना गरे नगरेको विषय पनि अडिट रिपोर्टमा सामेल गर्नुपर्नेछ ।
nrb cruv












