घुस सहित रंगेहात समातिएका वरिष्ठ वन अधिकृतमाथि मुद्दा

३ भाद्र २०८२, मंगलवार ०७:१२

काठमाडौं । सेवाग्राहीबाट ७ लाख ३१ हजार घुस लिंदा रंगेहात समातिएका डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवमाथि अख्तियारले मुद्दा चलाएको छ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

अनुसन्धानमा उनले चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनबाट निकालिएको काठलाई संकलन गरी त्यसको विवरण तयार पारेर काठ लैजान अनुमति दिने क्रममा घुस मागेको खुलेको छ।

उनलाई अख्तियारले ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गरेर सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*