के आई सिंह गाउँपालिकाको सार्वजनिक सुनुवाईमा भाडभैलो, अध्यक्ष शाहीद्वारा प्रहरी प्रयोग गरी सम्पन्न गरेको स्वीकार

राजन कठायत
१४ भाद्र २०८२, शनिबार २२:३७

काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम भाडभैलोकोबीच सम्पन्न गरेको छ । शनीबार अर्थात भदौ १४ गते गाउँपालिका कार्यालय वायलमा आयोजना गरिएको उक्त सभामा अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफु निकट मानिएका केही सीमित व्यक्ति र प्रहरी प्रशासनको प्रयोग गरी सभा सम्पन्न गराएको उपस्थित स्थानीयहरुले आरोप लगाएका छन् ।

के आई सिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सरकारले गत आर्थिक वर्षमा सम्पादित सेवा प्रवाह र विकास निर्माण सम्बन्धि क्रियाकलापहरु सम्पूर्ण जनसमुदायलाई जानकारी दिदै सार्वजनिक सुनुवाई सम्पन्न गरेको बताए ।

उनले भने, ‘गाउँपालिकाले गरेका कामकारबाहीबारे सबै जनसमुदायलाई जानकारी गरिएको छ । सभामा सबै राजनितीक दलका नेता तथा नागरिकको उपस्थिती रहेको थियो । केहीले अराजकता फैलाउन थालेपछि प्रहरी प्रशासन प्रयोग गरेर शान्त गरिएको हो ।’

‘हामीले सबै प्रकारका मानिसहरुलाई उनीहरुले चाहेको जस्तो  उत्तर दिनुपर्छ भन्ने पनि हुदैन् । सभामा हामीले कुनै पनि बाहिरी हस्तक्षेप गरेका छैनौ । अनावश्यक मानिसहरुले अत्तिनै गरेपछि प्रहरीलाई शान्त गराउन लगाएका हौ ।’

के आई सिंहका अध्यक्ष शाहीको बदमासी, सरकारी पैसामा किनेको सवारी पालिकाको नाममा दर्तै नगरी प्रयोग

सरकारले गरेका काम कारबाहीबारे आम नागरिकहरुले आवाज उठाउन पाउने अवसर भनेकै सार्वजनिक सुनुवाई कार्यक्रम हो । त्यसमा पनि सरकारमा रहेका मानिसहरुले नै काँग्रेसका टोले गुण्डाहरु र प्रहरी प्रशासन प्रयोग गरी आवाज उठाउने व्यक्तिहरुको नै आवाज बन्द गराएको स्थानीयले आरोप लगाएका छन् ।

गाउँपालिकामा भएका दर्जनौ अनियमितता तथा विभिन्न भ्रष्टाचारका विषयहरुको सम्बन्धमा सभामा आवाज उठाउने नागरिकहरुलाई नै के आई सिंह सरकारले आफ्नो दम्भ र शक्तिको आडमा प्रहरी प्रशासन प्रयोग गरी बोली बन्द गराउने काम गरेको छ । सभामा नागरिकहरुले गाउँपालिकाका कर्मचारीहरु र जन प्रतिनिधिहरुका नियम विपरितका काम कारबाहीको विरुद्धमा आवाज उठाएका छन् ।

के आई सिँह गाउँपालिकाको शैक्षिक अवस्था समेत निकै कमजोर रहेको छ । सरकारले शिक्षा क्षेत्रमा कायापलट गर्ने सपना देखाएको वर्षौदिन वितिसक्दा समेत विद्यालयको हालत उस्तै रहेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका अधिकांश नागरिकहरुले के आई सिंह सरकारले शैक्षिक क्षेत्रमा लुटधन्दा चलाएको, विभिन्न योजनाहरुमा शक्ति र सत्ताका नजिक भएका मानिसहरुको रजगज भएको, योजनाहरुमा कर्मचारीहरुले कमिसन माग्ने गरेको, करार कर्मचारीका रुपमा भरिएका काँग्रेस कार्यकर्ताहरुले अध्यक्ष शाहीकै नेतृत्वमा जनताहरुलाई थर्काउने तथा विभिन्न बाहानमा कार्यसम्पादनमा ढिलासुस्त गर्ने गरेको लगायत दर्जनौ अरोप लगाएका छन् ।

राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर

के आई सिँहको वार्षिक आम्दानी २६ लाख, खाना–खाजा र सभा सञ्चालनमै ३७ लाख स्वाहा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*