मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

१७ भाद्र २०८२, मंगलवार ०७:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंक अनुसार अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा छ । स्विस र्फ्याङ्क एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । साथै, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा तथा क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा छ ।

आज युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ । हिजो भने युरो एकको खरिदर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा थियो ।

सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११० रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा तथा चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*