गोरखामा रात्रिबस दुर्घटना हुदाँ २१ जना घाइते
१७ भाद्र २०८२, मंगलवार ०८:१०

काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन् ।
गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा २१ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।













