शिवपुरी नागार्जुनमा हाईकिङ्ग गएका १४ जना वेपत्ता, सेनाले गर्यो मध्यराति उद्धार
१७ भाद्र २०८२, मंगलवार १०:३८

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाईकिङ्गका क्रममा हराएका १४ जना व्यक्तिहरुलाई नेपाली सेनाले मध्यराति उद्धार गरेको छ ।
भदौ १५ गते दिउँसो पिंक हाईट क्षेत्रतर्फ पैदल यात्रामा निस्किएका उनीहरू साँझ ढिलोसम्म पनि सम्पर्कमा नआएपछि उद्धारका लागि नेपाली सेनाको चन्दननाथ गणबाट विशेष टोली खटाइएको थियो ।
सेनाको टोलीले लगातारको खोजतलासपछि राति करिब १० बजे उनीहरूलाई सकुशल फेला पारेको हो । अन्धकार र जंगलको कठिन भू–भागका कारण उद्धारमा चुनौती भए पनि सेनाले समन्वयपूर्वक सबैलाई सुरक्षित निकालेको जनाइएको छ ।














