एसवाई प्यानल नेपालले ५२ करोडको आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति
१७ भाद्र २०८२, मंगलवार १७:०४

काठमाडौं । एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको रहेको छ ।













