वाणिज्य विभागको छापा: ५५ हजारदेखि १० हजारसम्म जरिवाना, तीन दिनभित्र कागजात पेश गर्न निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा व्यवसायिक फर्महरुको अनुगमन गरी जरिवाना तथा निर्देशन दिएको छ। विभागले मंगलबार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ विपरीत क्रियाकलाप भेटिएका कारण आवश्यक कारवाही गरिएको जनाएको छ।
अनुगमनका क्रममा दिलम इन्टरप्राइजेज, काठमाडौं महानगरपालिका–२ लाई रु. ५५ हजार जरिवाना गरिएको छ भने सुदृष्टि अप्टिकल प्रा.लि., काठमाडौं महानगरपालिका–२ लाई रु. ५१ हजार जरिवाना गरिएको छ। त्यस्तै, मनकामना फ्रुट तथा उस सेन्टर, काठमाडौं महानगरपालिका–२ लाई रु. १५ हजार, र ज्यास कर्नर म्युजिकल स्टोर, महालक्ष्मी नगरपालिका–१४ लाई रु. १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै तारा खाद्यान्न सप्लायर्स, मध्यपुर थिमी नगरपालिका–१, नमोबुद्ध किचन स्टोर, महालक्ष्मी नगरपालिका–१६, काबेली मसला उद्योग, महालक्ष्मी नगरपालिका–१ र आर्क्स इण्डष्ट्रिज प्रा.लि., काठमाडौं महानगरपालिका–१६ लाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। हारती माता इलेक्ट्रोनिक धर्मकोटा, नागार्जुन नगरपालिका–२, गौरङ्ग सारिज प्रा.लि., काठमाडौं महानगरपालिका–४ र राहुल एण्ड गुप्ता स्टोर, भक्तपुर नगरपालिका–१ लाई सामान्य निर्देशन दिइएको छ।
त्यस्तै, वह सप्लायर्स, मध्यपुर थिमी नगरपालिका–१ र सिन्धु फ्रुट एण्ड भेउजिटेबल, मध्यपुर थिमी नगरपालिका–९ लाई समेत विभागले सामान्य निर्देशन दिएको छ।
विभागले उपभोक्ताको हकहित संरक्षणका लागि नियमित अनुगमनलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै व्यवसायीहरूले उपभोक्ता संरक्षणसम्बन्धी कानुन र मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको छ।
Press release 1 (4)_fx3ok4x












