गगन थापाको घरमा जेनजी प्रदर्शनकारीको आगजनी
२४ भाद्र २०८२, मंगलवार १३:४१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्।
स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीहरूले सुरुमा महामन्त्री थापाको घरमा रहेको गाडीमा आगो लगाएका थिए। त्यसपछि निवासको अन्य भागमा पनि आगो फैलाउने प्रयास गरेका हुन्।
यो घटनासँगै राजधानीका विभिन्न क्षेत्रमा जेनजी आन्दोलन चर्किएको छ। सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित युवा सडकमा उत्रिएका हुन्।
सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो। हिजोको दमनपछि आज प्रदर्शनकारीहरूको आक्रोश अझै बढेको छ।













