राष्ट्र बैंकले भन्यो, ‘बैंकिङ सेवा सञ्चालन गरिरहेका शाखा र एटीएमबारे नागरिकलाई जानकारी दिनु’

२६ भाद्र २०८२, बिहीबार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था मिलाइएको उल्लेख छ।

यस क्रममा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत लिन सकिने राष्ट्र बैंकले जनाएको छ। साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*