जेन जी आन्दोलनपछि गभर्नर पौडेलले गरे उद्योगी र बैंकरसँग छलफल, के भयो कुराकानी ?

२७ भाद्र २०८२, शुक्रबार १६:४०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी एसोसिएसनका प्रतिनिधि र उद्योगी–व्यवसायीहरूसँग हालको घटनाक्रमले उद्योग र वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे विस्तृत छलफल गरेका छन्।

गभर्नर पौडेलले यस अवसरमा वित्तीय संस्थाहरू र उद्योगी व्यवसायीबीचको समन्वय आवश्यक रहेको जोड दिँदै, वर्तमान परिस्थितिलाई व्यवस्थापन गर्ने उपायहरूबारे सुझाव र विचारहरू आदान–प्रदान गरेका हुन्। जेनजी आन्दोलनपश्चात क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नरले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा बैंक तथा उद्योगका प्रतिनिधिहरूले हालका चुनौती, सम्भावित जोखिम र आगामी नीतिगत कदमका बारेमा गभर्नरसँग परामर्श गरेका थिए। सहभागीहरूले विशेषगरी वित्तीय स्थायित्व, लगानी प्रवाह र उद्योग क्षेत्रमा उत्पन्न समस्याहरू समाधान गर्न के–के रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा गम्भीर विचारविमर्श गरेका थिए।

गभर्नर पौडेलले आर्थिक प्रणालीमा स्थायित्व कायम राख्न र उद्योग–व्यापारसँगको समन्वयलाई अझ मजबुत बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले आगामी नीति निर्माण र नियामक कदमहरूमा उद्योग र वित्त क्षेत्रको सुझावलाई महत्त्व दिनेसमेत बताएका छन्।

छलफलका क्रममा सहभागीहरूबीच वर्तमान चुनौतीहरू र भविष्यका जोखिममाथि व्यापक छलफल भएको र त्यसको आधारमा आगामी रणनीति तय गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*