गभर्नर पौडेलले अवलोकन गरे राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा

२९ भाद्र २०८२, आईतवार १६:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । केही दिनअघि ‘जेन जी आन्दोलन’ का क्रममा शाखामा तोडफोड र चोरी भएको घटनापछि गभर्नर पौडेल शाखामा पुगेका हुन् ।

अवलोकनका क्रममा गभर्नरले बैंकको भौतिक अवस्था, भएको क्षति तथा बैंकले भोग्नु परेको चुनौतीबारे जानकारी लिएका छन् । उनले बैंक सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक समन्वय र सहयोगका विषयमा समेत छलफल गरेको बताइएको छ ।

उक्त घटनामा केही रकम चोरी भएको प्रहरीले पुष्टि गरेको छ । हाल प्रहरी प्रशासनले तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न खोजतलास र अनुसन्धान अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*