जेनजी आन्दोलनपछि क्षतिग्रस्त हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले हिमालयन बैंकको बत्तीसपुतली शाखा प्रभावित भएपछि त्यहाँ रहेका लकर सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको छ।
भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले सम्पूर्ण लकरहरू केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार बत्तीसपुतली शाखामा लकर सुविधा प्रयोग गर्दै आएका ग्राहकहरूले अब आफ्नो लकर सेवा कमलादीस्थित कार्यालयमै प्रयोग गर्नुपर्नेछ।
यस्तै, दैनिक बैंकिङ कारोबार भने नजिकैका अन्य शाखाबाट गर्न सकिने व्यवस्था गरिएको छ। बत्तीसपुतली शाखासँग सम्बन्धित सम्पूर्ण ऋण कारोबार भने दरबारमार्गको हिटी दरबार शाखाबाट निरन्तरता दिने बैंकले जानकारी दिएको छ।












