खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक मूल्य सूचकाङ्क १०.९७ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थ ४.६४ प्रतिशत र फलफूल ३.०१ प्रतिशतले बढेको छ। तर, तरकारी उप-समूह १८.५६ प्रतिशत, मरमसल ४.८१ प्रतिशत र माछा तथा मासु २.४१ प्रतिशतले घटेको छ।
गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप-समूहको मुद्रास्फीति १०.६० प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ६.८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थ ४.६८ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उप-समूहको मुद्रास्फीति भने ०.२२ प्रतिशतले घटेको छ।
क्षेत्रगत विश्लेषणमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.६५ प्रतिशत र सहरी क्षेत्रमा १.७० प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेश २.८४ प्रतिशत, मधेश १.८६ प्रतिशत, बागमती १.६७ प्रतिशत, गण्डकी १.०३ प्रतिशत, लुम्बिनी १.३५ प्रतिशत, कर्णाली १.७९ प्रतिशत र सुदूरपश्चिम ०.३१ प्रतिशत रहेको छ। भूगोलअनुसार काठमाडौं उपत्यका २.२६ प्रतिशत, तराई १.३३ प्रतिशत, पहाड १.५६ प्रतिशत र हिमाल २.५९ प्रतिशत मुद्रास्फीतिमा रहेको छ।














