नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

२ आश्विन २०८२, बिहीबार ०७:५३

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलका साथै ग्लोबल आइएमई नवलपरासीस्थित भूमरी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*