नेपाल बैंकको अध्यक्षमा शर्मा नियुक्त, पद तथा गोपनियताको शपथ ग्रहण

२ आश्विन २०८२, बिहीबार १०:५४

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मा अध्यक्षमा चयन गरेको हो।

नव नियुक्त अध्यक्ष शर्माले आज असोज २ गते नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

नयाँ अध्यक्ष नियुक्तिसँगै बैंकले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*