एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा
२ आश्विन २०८२, बिहीबार १३:२४

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् ।
उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।
अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।













