तातोपानी–कोदारी राजमार्ग खुल्यो, सामान आयात शुरू

८ आश्विन २०८२, बुधबार १३:५९

काठमाडौं । पहिरो खसेर गत एक महीनादेखि बन्द रहेको तातोपानी–कोदारी राजमार्ग खुलेसँगै सामान बोकेका कन्टेनरहरू नेपाल आउन थालेका छन्।

कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका–२ इकोसहितको विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुला गरिएको छ।

इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, लार्चेमा २५ मिटर, पान्थलीमाा १०० मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो। सडक खुलेसँगै दशैंका सामग्री बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*