आरएसडीसी लघुवित्तको लाभांश घोषणा
१२ आश्विन २०८२, आईतवार १०:२४

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ।
कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।














