इन्फिनिटी लघुवित्तको ४१ हजार कित्ता शेयर बिक्रीमा

१२ आश्विन २०८२, आईतवार १२:२९

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*