एटिएमबाट झिक्न पाइने रकमको सीमा घट्यो, एक महिनामा ३ लाखसम्म निकाल्न पाइने (परिपत्रसहित)

२४ आश्विन २०८२, शुक्रबार १६:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) बाट झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सकिनेछ।

नयाँ व्यवस्था अनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म मात्रै झिक्न पाइनेछ।

यसअघि एटिएमबाट एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न पाइने ब्यवस्था रहेको थियो ।

Circular_PSD

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*