प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

२८ आश्विन २०८२, मंगलवार ०८:२८

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

बैंकले यसअघि सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा आवेदन नपरेपछि सबैले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको जनाएको छ।

इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर आवेदन दिनु पर्नेछ।

शेयर खरीदका लागि आवेदन दिंदा कम्तीमा ५० हजार कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*