मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई नगद लाभांश दिने

३० आश्विन २०८२, बिहीबार ०९:५९

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ।

बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। जसको १० प्रतिशत नगद बराबर १२ करोड १७ लाख १० हजार रुपैयाँ हुनेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने २०औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1760530816416

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*